‘एमालेका नेता देख्दा भागेर हिँड्नुपर्ने दिन आयो’

लोकपथ
4.3k
Shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले एमाले नेताहरु देख्नेबित्तिकै भाग्नुपर्ने दिन आएको टिप्पणी गरेका छन् ।

आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

यसअघि प्रदेश सभालाई सम्बोधन गर्दै एमालेका नेता हिक्मतकुमार कार्कीको भनाइलाई जवाफ फर्काउँदै उनले त्यस्तो टिप्पणी गरे । नेता कार्कीले सरकारले विश्वासको मत लिन हतारो गर्नुमा सांसदहरुलाई होटलमा राखेर खर्च हुने डरले गरेको टिप्पणी गरेका थिए ।

त्यही प्रगलाई उत्तर दिँदै मुख्यमन्त्री राईले भने, ‘एमालेका नेता देख्दा भागेर हिँड्नुपर्ने दिन आयो ।’
उनले वर्तमान गठबन्धलाई फुटाउन सांसदहरु तानातानमा पर्ने अवस्था आउन लागेको भन्दै सो टिप्पणी गरेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?