प्रदेश १ मा एमालेले भन्यो- ‘विश्वासको मत दिने पक्षमा थियौँ, तर…’

लोकपथ
3.6k
Shares

काठमाडौं । प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै एमालेका नेता हिक्मतकुमार कार्कीले सो कुरा बताएका हुन् ।

उनले आफूहरुले सरकारलाई विश्वासको मत दिने पक्षमा नै छलफल भइरहे पनि सरकारले हतारो गरेका कारण विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे । एमाले महाधिवेशनमा होमिएको र यही बेलामा सरकारले विश्वासको मत लिन लागेकाले आफूहरुले विश्वासको मत दिन नसक्ने दाबी गरे ।

त्यस्तै वर्तमान सरकारलाई पूर्ण कार्यकाल सञ्चालनका लागि शुभकामना दिएका छन् ।
उनले गठबन्धनले यसअघिका सरकारलाई बोलेका कुराहरु स्मरण गर्न समेत आग्रह गरे । ‘भदौको अन्त्य अन्त्यदेखि दशैँपछि बोलेका कुराहरु सम्झिनुहोस्’, उनले भने ।

गत कार्तिक १६ गते गठबन्धन दलको समर्थनमा राजेन्द्रकुमार राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?