छ दिनदेखि हराएका तीन जना बच्चा आज रन्माको हिँचोइपोमा सकुशल फेला

रुकुम पूर्व- गत छ दिन देखि हराइरहेका तीन बच्चाहरू आज सकुशल फेला परेका छन् ।

बच्चाहरू आज विहान रन्माको हिउँचोइमा फेला परेका हुन् । गाउँका सबै मान्छेको चारतिरको खोजले ती बच्चाहरु भेटिएको कुरा प्रत्यक्ष खोजमा लागेका अमरधन पुनले बताए । उनका अनुसार डायमण्ड र दुबै पुन बोल्न नसकेको अवस्थामा छन् । सुहाना पुन अलि अलि बोल्न सकेको बताए ।

मैकोटबाट गरघाट हुँदै हराएका बच्चा बाटो झुक्किएर रन्माको वनमा छ दिन देखि हराइरहेका थिए ।

रन्माको भिरै भिर भएर हिउँचोई पुगेको र पछि फर्किन नसकेको सुहाना पुनले गाउँलेलाई बताएको कुरा मरिचमान पुनले जानकारी दिएका छन् । अहिले आफन्तको पहुँचमा आएका बच्चाहरू भोक प्यासले शिथिल भएको बताइएको छ । आज बच्चाहरुको साथ गाउँलेहरु निकै खुशि भएको र खोज्नमा जति दु:ख भए पनि त्यो सबै सुखानुभूतिमा बदलिएको कुरा पुनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?