प्रदेश १ सरकारलाई कांग्रेसले विश्वासको मत दिने

लोकपथ
195
Shares

काठमाडौं । प्रदेश नं १ सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।

आज मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई विश्वासको मत दिने प्रयोजनको लागि बोलाइएको छ । सो बैठकमा बोल्दै गठबन्धनमा सामेल दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले आफूले वर्तमान सरकारलाई विश्वासको मत दिने बताएका हुन् । साथै ५ दलीय गठबन्धनलाई समेत सरकारलाई समर्थन गर्न आह्वान गरे ।

‘सरकारमा आवद्ध रहेका सबै गठबन्धनको तर्फबाट हाम्रो समर्थन रहेको छ ।’ उनले भने ।

त्यस्तै संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन तयार भएको बताए ।

आज बसेका प्रदेश नं १ को प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका छन् ।

गत कार्तिक १६ गते गठबन्धनको समर्थनमा राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिने कानुनी व्यवस्था अनुरुप विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?