प्रदेश १ का मुख्यमन्त्री राईले मागे विश्वासको मत

लोकपथ
91
Shares

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत मागेका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत माग गरेका हुन् ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग गरे ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रतिपक्षसँग समेत आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

यसअघि कार्तिक ३० गते मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनको लागि बैठक बोलाइएको थियो । यद्यपी प्रतिपक्षीहरुको छलफलको लागि भन्दै एक दिनको समय माग गरेका थिए । गत कार्तिक १६ गते भीमप्रसाद आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै गठबन्धन दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?