ललितपुर महानगरपालिकामा भोलिदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

लोकपथ
338
Shares

काठमाडौं । भोलि (बिहीबार) देखि ललितपुर महानगरपालिका कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । महानगरपालिकाका अनुसार विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो डोज लगाउने समयावधि पुगेका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

महानगरपालिकाले विज्ञप्तिमार्फत दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरूका लागि मंसिर २ र ३ गते (बिहीबार र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्रा लगाउन लागिएको जनाएको छ ।

दोस्रो डोज लगाउनका लागि आफ्नो वडामा सम्पर्क गरी पहिलो डोजको कार्ड लिएर जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?