कटुवा पेस्तोलसहित एक जना पक्राउ

लोकपथ
130
Shares

काठमाडौं । रुपन्देहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?