गुल्मीमा १३ वर्षीया किशोरी बलात्कृत

लोकपथ
175
Shares

काठमाडौं । गुल्मीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईस्मा गाउँपालिका-३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?