पहिरोले बन्द नारायणगढ-मुग्लिङ सडक सुचारू

काठमाडाैं : अाज बिहान खसेको पहिरोले अवरूद्द नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायात अावागमन सुचारू भएको छ । सडकबाट पहिरो हटार्इएपछि सडक खुलेको मुग्लिङ प्रहरीले जानकारी दिएको छ । 

लगातारकाे झरीपछि पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायात अावागमन बन्द भएको थियो । चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोलास्थित सडकमा बिहिबार विहान पाैने ६ बजे पहिरो खसेको थियो ।

लगत्तै, सडक निर्माण भर्इरहेको सो क्षेत्रका उपकरण लगेर पहिरो हटाउन थालिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?