नेपाल दुरसञ्चारको लक्ष्यः एक वर्षभित्र सम्पूर्ण गाउँपालिकामा इन्टरनेट सेवा

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्ष भित्र मुलुकका सम्पूर्ण गाउँपालिकामा इन्टरनेटको सेवा को पहुँच पुर्याउने लक्ष्य लिएको छ । 

देशका ७७ वटै जिल्ला सदरमुकाममा इन्टरनेट सेवा पुगेपछि सबै स्थानिय तहमा पुर्याउने लक्ष्य प्राधिकरणले लिएको छ । 

आज विश्व दुरसञ्चार दिवसको अवसरमा प्राधिकरणले ९० प्रतिशत जनतामा मोबाइल फोनको पुगेको उल्लेख गरिएको छ  । त्यस्तै देशको कुल जनसंख्याको ४० प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको प्राधिकरणको तथ्यांक रहेको छ । 

मुलुकको भौगोलिक अवस्था सहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित इन्टरनेट सेवाको विस्तार बढाइनेछ । 

प्राधिकरणका प्रवक्ता पुरुषोत्तम खनालले भने, सिम प्रयोगका आधारमा १४० प्रतिशत जनताले मोबाइलको प्रयोग गरिरहे पनि दुई भन्दा बढि सिमको प्रयोग एकै जनाले गर्ने भएकाले जनसंख्या भन्दा सिम प्रयोग संख्या बढि भएको बताए ।  

संयुक्त राष्ट्रसंघले सन् १९६९ देखि विश्व टेलिग्राफ सम्मेलनको सम्झनामा यो दिवस मनाउन शुरु गरेको हो । त्यस्तै नेपाल दुरसञ्चार प्राधिकरणले पनि काठमाडौंमा यो दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?