काठमाडाैं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा अोलीले प्रचण्डको भाषण सुन्न अाउन सवैलार्इ निम्तो गरेका छन् ।
बल्खुमा अायोजित २५ औँ मदन–आश्रित स्मृति दिवसमा भाषण गर्दै अोलीले प्रचण्डको भाषण सुन्न आज सभागृह आउन सबैलाई आमन्त्रण गरेका हुन् ।
कार्यक्रममा सहभागी माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले निकै छोटो सम्बोधन गरेपछि अोलीले नै प्रचण्डको पुरा भाषण सुन्न भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा अाउन अाग्रह गरेका हुन् । सभागृहमा अाज दिउँसो एमाले र माअोवादीबीच पार्टी एकीकरण घोषणा कार्यक्रम राखिएको छ ।

प्रचण्डले के भने ?
पार्टी एकता अाजै घोषणा गर्न अाफुले नै पहल गरेको प्रचण्डले बताए । अाफुहरूले नयाँ ढंगले र्इतिहास निर्माण गर्न लागेको बताउँदै उनले दुर्इ पार्टीबीच संघर्ष र रूपान्तरण भर्इ एकता हुन लागेको तर्क राखे । मदन भण्डारी नेपाली जनताले जन्माएको पात्र भएको र उनी अाफ्नो वर्गप्रति र्इमान्दार रहेको भन्दै दाहाले इतिहासका निर्माता जनता भएको बताए ।
अोलीले के भने ?
दुर्इ पार्टीबीचको एकता फुट्नका लागि नभएर जुट्नका लागि भएको भन्दै अोलीले यसअघि कम्युनिष्टहरू फुट्ने कुराले वाक्क भएकोमा अबका दिनमा जुट्ने काममात्र हुने दाबी गरे । दुर्इ पार्टीको एकीकरणपछि बन्ने नयाँ पार्टीले नेपालको भविष्य निर्धारण गर्ने र पार्टी दर्तासँगै नेपालको भविष्यको पनि दर्ता गर्ने अोलीको तर्क थियो ।
दुर्इ पार्टीका केन्द्रीय समितिहरू अाजै भंग हुने र नयाँ केन्द्रीय कमिटी बन्ने, पार्टी एकता दमनका लागि नभर्इ समृद्दि र विकास गर्न भएको तथा पार्टी एकतासँगै नेपाली कांग्रेस प्रतिष्पर्धी पार्टी नभर्इ सहयोगी पार्टी बनेको अोलीले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया