बारको आन्दोलन जारी, प्रधानन्यायाधीश जबराले गरे ९ इजलास गठन

लोकपथ
91
Shares

काठमाडौं । बुधबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ इजलास गठन गरका छन्।

प्रधानन्यायाधीश जबराले दुई एकल र छ संयुक्त गरी ९ इजलासमा १८६ मुद्दाको पेशी तोकेका हुन् । यद्यपी प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलास तोकेका छैनन्।

आज पनि बारले आन्दोलनलाई लम्ब्याउँदै सर्वोच्चको मूल गेटमा धर्ना दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?