विश्वकप छनोट : बेल्जियम र वेल्सको बराबरी

लोकपथ
234
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा बेल्जियमले वेल्ससँग बराबरीमा रोकिएको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा बेल्जियमले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३२ औं मिनेटमा केइफर मोरेले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ ।

समूह ‘ई’ बाट बेल्जियमले सोझै विश्वकपमा स्थान बनाईसकेको छ । बेल्जियमले ८ खेलमा २० अंक जोडेको छ ।

त्यस्तै वेल्स १५ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?