ब्राजिलसँग बराबरी खेलेसँगै अर्जेन्टिना विश्वकपमा छनोट

लोकपथ
5.4k
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिना र ब्राजिल बराबरीमा रोकिएका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन् ।

अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले मौकाको सदुपयोग गर्न नसक्दा बराबरी खेल खेल्दै अंक बाढेर चित्त बुझाएका हुन् ।

बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ । शीर्ष स्थानको ब्राजिल यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।

अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । ब्राजिलसँग गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?