कांग्रेससँग अब प्रतिष्पर्धा गर्नु पर्दैन : अोली

काठमाडाैं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा अोलीले नेपाली कांग्रेससँग सबै खाले प्रतिष्पर्धा सकिएको दाबी गरेका छन् । एमाले र नेकपा (माअोवादी केन्द्र) बीच अाज पार्टी एकता हुँदैछ ।

मदन अाश्रित दिवसमा बल्खुमा अायोजित कार्यक्रममा बोल्दै अोलीले अबका दिनमा कांग्रेस अाफुहरूको प्रतिष्पर्धी हुन नसक्ने, बरू सहयोगी चाहिँ बन्न सक्ने धारणा राखेका हुन् । 

अबका दिनमा कांग्रेसलार्इ पनि साथ लिएर जाने र यसका लागि कांग्रेसका तर्फबाट योगदान हुनुपर्ने अोलीले तर्क राखे । केहिले अझै कम्युनिष्टहरूले अधिनायकवाद ल्याउने भ्रम पालिरहेको भन्दै अोलीले दुर्इ पार्टीको एकता दमनकारी नहुने दाबी गरे । पार्टी एकता भ्रष्टाचारी हुन नभर्इ विकासकारी हुन गर्न लागिएको अोलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?