काठमाडाैं : नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग अाज पार्टी एकता घोषणा हुने र एकीकृत पार्टीको पहिलो केन्द्रीय समिति बैठक पनि अाजै बस्ने बताएका छ्न् ।
बिहिबार बिहान मदन स्मृति दिवस मनाउने क्रममा सञ्चारकर्मीलार्इ प्रतिक्रिया दिँदै दाहालले अाजै निर्वाचन अायोगमा दल दर्ता समेत हुने जानकारी दिए । पार्टी एकताका लागि अाज दिनभर दुर्इ पार्टीका शीर्षस्थ नेता र कार्यकर्ताहरू दाैडधुपमा छन् ।

एकता हुने दिन अर्थात अाज दुवै पार्टीले विहान ८ बजे मदन स्मृति दिवस मनाएका छन् । १० बजे पार्टी एकता संयोजन समितिको बैठक डाकिएको छ । ११ बजे एमालेको र १ बजे माअोवादीको केन्द्रीय समिति र कार्यालयको बैठक बस्नेछ । त्यसपछि सकेसम्म ३ बजेभित्र निर्वाचन अायोगमा एकीकृत पार्टीको नाम दर्ता गर्ने र अन्तमा ४ बजे पत्रकार सम्मेलन गरि पार्टी एकताको घोषणा गर्ने कार्यतालिका दुर्इ पार्टीले सार्वजनिक गरेका छन् ।
त्यसपछि, बेलुकीसम्ममा एकीकृत पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बस्ने बतार्इएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया