दियोबाट सल्कियो आगो, २१ घर खरानी

लोकपथ
49
Shares

मुगुको छायाँनाथ रारा नगरपालिका–१, गमगढी बजारमा सोमबार राति आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । गमगढीको तल्लो बजारमा रहेको एक घरबाट राति करिब साढे १२ बजे लागेको आगो सल्कँदै गएपछि २१ घर जलेका हुन् ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले तल्लो बजारका स्थानीय बासिन्दा ठिल्ले लामाको घरमा पूजाको दियोबाट आगो लाग्न सुरु गरेको प्रारम्भिक जानकारी दिँदै रातिको समय भएकोले सल्कँदै गएपछि २१ घर पूर्ण रूपमा जलेको बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?