जनयुद्दका योजनाकार डा. बाबुराम भट्टरार्इ भन्छन् : एमाले र माअोवादी जोडिएर मार्इनस दुर्इ भए

काठमाडाैं :  तत्कालिन नेकपा (माअोवादी) का संस्थापक, जनयुद्दका योजनाकार एवं संयुक्त क्रान्तिकारी जनपरिषद नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले एमाले र माअोवादी एक हुनु र मार्इनस एकमा अर्को मार्इनस एक जोडिएर मार्इनस दुर्इ हुनुबीच केही फरक नरहेको धारणा व्यक्त गरेका छन् । 

 

नेकपा (माअोवादी केन्द्र) बाट अलग्गिएर हाल नयाँ शक्ति पार्टी नेपाल स्थापना गरेका पूर्वप्रधानमन्त्री डा. भट्टरार्इले 'एमाले र माके एकता अन्तत : सम्पन्न हुन लागेकोमा दुवैलार्इ बधार्इ र शुभकामना' दिएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टरार्इले एकता गर्न लागेका पार्टीलार्इ बधार्इ दिएपनि एकतामाथि खिल्लि उडाएका छन् । केही अनुत्तरित प्रश्नहरू रहेको जनाउँदै भट्टरार्इले 'बानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुनु' भन्दै व्यंग्य गरेका छन् । 

एमाले र माअोवादीले अाफुलार्इ अझै कम्युनिष्ट भनेकोमा असन्तुष्टि जनाउँदै भट्टरार्इले ट्वीटमा प्रश्न गरेका छन् : 'सर्वहारा अधिनायकत्व छाडेपछि कम्युनिष्टको नाममा मोह किन ?'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?