काठमाडौँ : सत्तासीन दुर्इ वामपन्थी दल नेकपा एमाले र नेकपा (माअोवादी केन्द्र) अाफ्नो छुट्टै अस्तित्वको अन्तिम दिन अर्थात अाज, दिनभर चर्को खटार्इमा पर्दैछन् ।
बुधबार दिनभरको बैठकपछि बिहिबार अर्थात अाज नै पार्टी एकताको घोषणा गर्ने निष्कर्षमा पुगेका यी दुर्इ पार्टीका शीर्षस्थ नेताहरूको व्यस्तता विहानैदेखि बढेको छ । सामाजिक सञ्जालदेखि पार्टीको सवै तहसम्मलार्इ एकताबारे जानकारी गराउन दुवै पार्टीका नेताहरूलाइ भ्यार्इनभ्यार्इ परेको छ ।
एमाले अध्यक्ष अोलीले विहान ६ बजेर ५० मिनेट जाँदा नै ट्वीट गरेर पार्टीका सवै कार्यकर्ता र कम्युनिष्टहरूलाइ एकतामा सामेल हुन अाग्रह गरेका छन् । माअोवादी अध्यक्ष प्रचण्ड पनि पार्टिभित्र एकताबारे जानकारी गराउन र कार्यकर्ता पंक्तिलार्इ कुरा बुझाउन व्यस्त छन् ।

एमाले र माअोवादी केन्द्रबीच अाज साँझसम्ममा एकता घोषणा हुने दुवै पार्टीका नेताहरूले बताएका छन् । तर, त्यसअघि आजै बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ ।
समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले एकता प्रस्तावलार्इ अनुमोदन गर्नेछ । एकताको निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो ।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन दुर्इ कम्युनिष्ट पार्टी एक हुन लागेका हुन् ।
दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ ।
एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने लगभग सहमति भएको छ ।
गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया