नेपाल बार एसोसिएसनले गर्‍यो आन्दोलनको थप कार्यक्रम घोषणा

लोकपथ
105
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा बिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनको कार्यक्रम थप गरेको छ ।

मंगलवार साँझ बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रवार सम्मलाई आन्दोलनको कार्यक्रम थप गरेको हो । आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिदै देशभरिका १८ वटा उच्च अदालतमा समेत बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मंसीर ३ गते शुक्रवारसम्म प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्च अदालतहरुमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकपछि संचारकर्मीहरु सँग बोल्दै नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले मंसीर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए । यस्तै नेपाल बारले प्रधानन्यायाधीश बिनाको संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले सम्म गरेका बिबादित फैसला सम्बन्धि कागजपत्र संकलन गरि अध्ययन गर्ने निर्णय गरेको छ । नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । यस प्रकारको भ्रामक समाचारको विश्वास नगर्न पनि आग्रह गरेको छ । साथै सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्ध सैनिकबल प्रवेश गराई बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ । नेपाल बारले आन्दोलन अबधिभर प्रधानन्याधीश उपस्थित सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

यस्तै न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले अनुरोध गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?