प्रधानन्यायाधीशलाई बहिस्कार गर्दै न्यायाधीशहरु इजलास बस्न तयार, बुधबार निर्णय लिइने

लोकपथ
126
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी जुटाएका छन् । फूलकोर्ट कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्नका लागि न्यायाधीशहरू सहमति नजिक पुगेका हुन् ।

बुधबार बिहान यस उक्त विषयलाई निर्णय गर्न बैठक बस्दैछ । बुधबारको बैठकपछि शुक्रबारसम्म सर्वोच्च अदालतको ‘फूल कोर्ट’ ले नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने गरी प्रक्रिया मिलाउने तयारी भएको हो । न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई बहिष्कार गर्ने नीति भने छाडेका छैनन् । न्यायाधीशहरुले जबरासँग ‘बेन्च सेयर’ गर्ने छैनन् ।

बेञ्च सेयर नगर्ने तर गोलाप्रथाबाट पेसी तोकेर आगामी आइतबारदेखि सर्वोच्च अदालतका काम कारबाहीलाई नियमित रूपमा सञ्चालन गर्ने दिशामा सहमति नजिक पुगिएको एक न्यायाधीशले बताए । संवैधानिक इजलाशको विषयमा के गर्ने भन्नेबारे अन्योल भने न्यायाधीशहरुमा छ ।

बार एसोसिएसनका पदाधिकारीहरुसँगको छलफलमा न्यायाधीशहरूले जनतालाई दिने सेवा प्रवाहमा कुनै नकारात्मक प्रभाव नपर्ने गरी आन्दोलनलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?