यस्तो छ पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकको निर्णय (विज्ञप्तिसहित)

लोकपथ
1.3k
Shares

काठमाडौं ।सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकले अदालतको विषयप्र्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यको महत्वपूर्ण अङ्गका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिइएको छ ।

प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा समितिका संयोजक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा पाँच दलीय गठबन्धनका शीर्षनेताको बैठक बसेको हो । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवद्र्धनमा जोड दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?