हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
156
Shares

१. स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको प्रधानमन्त्री देउवाको दाबी, जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा जोड

२. नेपाल बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू अनुपस्थित भएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन्

३. प्रधानन्यायाधीशको राजीनामा नै अहिलेको समस्या समाधानको विकल्प रहेको संविधानविद् डा. विपिन अधिकारीको भनाइ, राजीनामा नदिए आन्दोलनको स्वरुप परिवर्तन हुँदै जाने जिकिर

४. प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा दिनुपर्ने लोसपाका नेता राजेन्द्र महतोको भनाइ, जनताले न्याय नपाउनुको कारण नै प्रधानन्यायाधीश भएको आरोप

५. मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने नेपाली कांगेसका नेता सिंहको भनाइ, नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने विश्वास

६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विप्लवसमूहले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित, काठमाडौं उपत्यकाबाट मात्रै ५० भन्दा बढी कार्यकर्ता पक्राउ

७. मुख्यमन्त्री लालबाबु राउतद्वारा प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त, अब उक्त मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी

८. निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको ऊर्जामन्त्री भुसालको भनाइ, निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सक्ने विश्वासिलो आधारसहित आउन आग्रह

९. मंगलबार देशभर ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ७० जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

१०. चालू आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ७ दशमलव ६ प्रतिशतले घट्यो, व्यापारघाटा बढेर ४ खर्ब १३ अर्ब पुग्यो

११. मंगलबार सेयर बजारमा रौनकता देखियो, नेप्से परिसूचक ६९ दशमलव २२ अंकले बढ्दा ५ अर्ब ५२ करोडको सेयर कारोबार

१२. भारतको दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न एक साता घरबाटै काम गर्न आग्रह, आगामी हप्ता लकडाउन गर्ने प्रस्ताव

१३. कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावकविहीन, अभिभावक गुमाएपछि बालबालिकामा आर्थिक तथा मनोवैज्ञानिक असर

१४. निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अपनत्व ग्रहण गर्न सरकारलाई ‘धुर्मुस सुन्तली’ फाउन्डेसनको आग्रह, आर्थिक समस्याका कारण रंगशाला निर्माणकार्य रोकिएको फाउन्डेसनको भनाइ

१५. र, अखिल नेपाल फुटबल संघ (एन्फा)ले गर्यो सहिद स्मारक ए डिभिजन लिग फुटबलको नयाँ खेलतालिका सार्वजनिक, सुरुआती दुई चरणको सम्पूर्ण खेल दशरथ रंगशालामा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?