काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने बताएका छन्।
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ४ ले गरेको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताएका हुन् ।
नेतृत्वको कारण गर्दा कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उनले बताए। निर्वाचन पछि कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाए र संविधान माथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि कांग्रेस मजबुत हुनुपर्ने बताए। कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्त आवश्यक रहेको उनको भनाई छ । ‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ । उहाँले थप्नु भयो ‘ मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन ।’
साथै उनले १४ औँ महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने बताएका छन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४ औँ महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताए। नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे। मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफुमा रहेको उनको भनाइ छ।
‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमाता चाहिन्छ ।’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिले को अवस्था सम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’
साथै उनले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याया भएको गुनासो गरेको बताउँदै पार्टी भित्र सबैको सम्मान हुनुपर्ने बताए
उनले पार्टीलाई विधि संम्बत नियम संम्बत तरिकाले अगाडी बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफुले सधै पार्टी भित्र आबाज उठाउँदै आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया