मुम्बई : अाइपीएलअन्तगर्त बुधबार बेलुकी भएको खेलमा मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जाबलाई ३ रनले हराएको छ । जितपछि मुम्बर्इ १२ अंकसहित चौथो स्थानमा उक्लेको छ। समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छन् ।
मुम्बर्इले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो । ओपनर लोकेश राहुले अर्धशतक र आरोन फिन्चले ४६ रन बनाएपनि पञ्जाब लक्ष्यमा पुग्न सकेन। लोकेशले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रनको योगदान गरे ।
फिन्चले ३५ बलमा ३ चौका र १ छक्कामा ४६ रन जोडे । अर्का ओपनर क्रिस गेलले १८ र अक्षर पटेलले अविजित १० रन जोेडे ।
मुम्बईका जसप्रित बुम्राहाले ३ र मिचेल म्याक्लिघनले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
टोलीका लागि किरोन पोलार्डले अर्धशतक बनाएका थिए । २३ बल खेलेका पोलार्डले ५ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे । कुर्नाल पाण्डेले ३२, ओपनर सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बटुले । मिलेल म्याक्लिघनले अविजित ११ रन बनाए ।
पञ्जाका एन्ड्रीयू टेले ४, रविचन्द्रन आश्विनले २ तथा अंकित राजपुत, मार्कुस स्टोनिसले समान १ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया