काठमाडौँ ६ बाट प्रदेशसभाको लागी महर्जनको सम्भावना

काठमाडौँ । प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै उमेद्वार बन्न आकांक्षीपनि उत्तिकै देखिन्छ । मुख्य तिन पाटी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा कसले टिकट पाउछ भनी यतिवेला चासो बढ्न थालेको छ । एमाले र माओवादी(केन्द्र)ले चुनाबी तालमेलको घोषणा गरेसँगै कसले टिकट पाउछ भन्ने अन्यौलता छाएको देखिन्छ । यस्तै नेपाली कांग्रेसले पनि उमेद्वार छनौटको लागी मापदण्ड तोक्दै जिल्ला र क्षेत्रलाई निर्देशन दिई सम्भावित उमेद्वारहरुको लिस्ट केन्द्रमा पुगिसकेको छ । हरेक क्षेत्रमा कांग्रेसमा धेरै आकाक्षी देखिएको केन्द्रलाई सिफारिस गरिएको नामले स्पष्ट हुन्छ ।यसैबिच काठमाडौँ जिल्लाको क्षेत्र नम्बर ६ बाट प्रदेशसभा(ख) को प्रत्यक्ष निर्वाचनको उमेद्वारको लागी युवानेता इन्द्रमान महर्जन सिफारिस परेका छन् । ३०६२÷६३ सालको जनआन्दोलनमा काठमाडौँ क्षेत्र नम्बर ६को कमाण्ड सम्हालेका महर्जनले एकाई सचिब , साबिक मनमैजु गाविस सभापति , काठमाडौँ क्षेत्र नम्बर ६ का सचिब तथा नेपाल सस्कृतिक संघको सहमहामन्त्री लगायतको जिम्मेवारी सम्हालिसकेका छन् । उनी हाल कांग्रेसको महाधिवेशन प्रतिनिधी रहेको छन् । हरेक किसिमको समाजिक गतिविधीमा कांग्रेसको तर्फबाट सहभागिता जनाउने महर्जन सो क्षेत्रका जनताको लागी चिरपरिचित नाम हो । उनले सो क्षेत्रमा हुने हरेक सामाजिक गतिविधीमा सक्रियताको साथ सहभागिता जनाउने र सक्दो सहयोग गर्ने गरेको सोही क्षेत्रका स्थानीय बताउछन् । उनी २०७२ सालको विनाशकारी भुकम्पपछि उद्दार र राहतको काममा होस् या रक्तदान, खेलकुद, महिला सवलिकरण कार्यक्रम लगायतमा सक्रियताका साथ सहभागी हुने गरेको त्यहाका स्थानीयको भनाई छ । महर्जनसँगै अन्य केहीको नाम सिफारिस भएपनि प्रवल दावेदार र जनजनले बुझेको उमेद्वार इन्द्रमान महर्जन नै हुने सोही क्षेत्रका कांग्रेस कार्यकर्ता बताउछन् ।महर्जन विभिन्न समाजिक गतिविधी सहभागी भएको तश्विरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?