माटोले बनेको यी ३ चिज राख्नुस्, भाग्य चम्किन सक्छ

लोकपथ
26
Shares

दैनिक जीवनमा आएको परिवर्तनले हामीले माटोको भाँडो प्रयोगलाई लगभग बिर्सी सक्यौ । अहिले माटोको भाँडा दैनिक प्रयोगमा भन्दा पनि सजावटको क्षेत्रमा बढी देखिन थालेको छ ।

वास्तु शास्त्र अनुसार माटोले बनेको भाँडालाई सही ढङ्गले प्रयोग गरेमा भाग्य चम्किन पनि सक्छ भन्ने छ । वास्तु शास्त्रका जानकारहरूका अनुसार घरमा माटोले बनेको भाँडाकुँडा प्रयोग गरेमा त्यो घरमा शुभ समेत हुन्छ । यसको प्रयोगले घरमा भएको नकारात्मक ऊर्जाहरूलाई हटाएर सकारात्मक ऊर्जा बढाउन मद्दत समेत गर्छ ।

वास्तु शास्त्रमा माटोले बनेको ३ किसिमका बस्तुहरूको प्रयोग गर्ने विषयमा विशेष व्याख्या गरिएको छ । यस्ता भाँडाको प्रयोगले घरमा शुभ हुनुका साथै नयाँ अवसर पाउने प्रबल सम्भावना पनि रहेको हुन्छ ।

माटोको गाग्रो
अहिले धेरैले माटोको गाग्रोको प्रयोग गर्न छोड्दै आइसके । स्वच्छ र चिसो पानी खानलाई प्रयोग हुने माटोको गाग्रोलाई फ्रिजले विस्थापित गरिसक्यो । आयुर्वेदमा पनि माटोको भाँडोमा राखेको पानी पिउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । माटोको गाग्रोमा पानी राख्नुलाई राम्रो मानिन्छ । अझ माटोको गाग्रोमा पानी भरेर उत्तर दिशामा राख्दा झनै राम्रो गर्छ । यसरी राख्दा माटोको गाग्रो कहिल्यै खाली हुनु दिनु हुँदैन, सधैँ भरेको अवस्थामा हुनुपर्छ । माटोको गाग्रोमा पानी राख्दा घरमा भएको नकारात्मक ऊर्जाहरू क्षीण हुँदै जान्छ ।

माटोको मूर्ति
वास्तु शास्त्र अनुसार घरमा माटोले बनेको कुनै पनि देवी देवताको मूर्ति राख्नुलाई शुभ मानिन्छ । घरमा बनाइएको पूजा गर्ने स्थानमा माटोको देवी देवताको कुनै पनि मूर्तिलाई राख्नु पर्छ । यसरी मूर्ति राख्दा घरको उत्तर–पूर्व दिशा अर्थात् ईशान कोण वा दक्षिण–पश्चिम अर्थात् नैर्ऋत्य दिशामा राख्नुलाई राम्रो मानिन्छ । वास्तु शास्त्र अनुसार यसरी मूर्ति राखेर नियमित पूजा गर्ने हो भने माता लक्ष्मीको वास हुने र यसले सुख–समृद्धि ल्याउने गर्छ भन्ने छ ।

माटोको दियो
अहिले पूजा आराधना कार्यमा प्रायजसो धातुबाट निर्माण भएको दियोको बढी प्रयोग हुने गरेको छ । वास्तु शास्त्र अनुसार माटोले बनेको दियो बालेर पूजा गर्नुलाई शुभ मानिन्छ । दियोको प्रकाशले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?