पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन : लगातारकाे झरीपछि पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायात अावागमन बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोलास्थित सडकमा बिहिबार विहान पाैने ६ बजे पहिरो खसेको हो । अहिले पहिरो पन्छाउने काम भर्इरहेको मुग्लिङ प्रहरीले जानकारी दिएको छ ।

हाल सो सडकखण्ड विस्तारको काम भर्इरहेको छ । दिउँसोको समयमा निर्माणका लागि भन्दै सडक बन्द गरिँदा बिहान र साँझमा यात्रुको चाप बढ्ने गर्छ । बिहानै पहिरो खसेपछि अाज दिनभर सो क्षेत्रको यातायात अावागमन प्रभावित हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?