नयाँ दिल्ली : भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ ।
“केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटमा लेखेका छन् । यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको भारतको गृहमन्त्रालयले जनाएको छ । भारत नियन्त्रित काश्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन् ।
काश्मिरमा गत सन् १९८९ देखि दुई देशका बीच लडाई भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया