नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

लोकपथ
1.7k
Shares

काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।तिघ्रामा चोटका कारण नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

ब्राजिलले विश्वकप छनोट अन्तरगत भोलि अर्जेन्टिनासँग भिड्दै छ । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलले विश्वकपको यात्रा पक्का गरिसकेको छ । ब्राजिलले १२ खेलमा ३४ अंक जोडेको छ ।

अर्जेन्टिना २८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?