सेयर बजारमा हरियाली, ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

लोकपथ
1.3k
Shares

काठमाडौं । आज (मंगलबार) पनि सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार खुलेको २ घण्टा बित्दा सेयर बजार ४० अंकभन्दा धेरैले बढेको छ । हालसम्म १३ वटै सूचकमा हरियाली छाएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४२.५३ अंकले बढेर २७५७.८८ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले बढेर ५१३.५८ बिन्दुमा पुगेको छ ।

यो अवधिसम्म २१९ कम्पनीको ४६ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५५ करोड १८ हजार रुपैयाँको कारोबार भइसकेको छ ।

यो समाचर तयार पार्दासम्म ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल बंगलादेश बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, र बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?