काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएको क्षेत्रीय प्रतिनिधि छनोटमा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पराजित भएका छन् । हिजो (सोमबार) भएको वडा अधिवेशनको चुनावमा मेयर खनालसहित उनको प्यानल नै पराजित भएको हो ।
खुला क्षेत्रीय प्रतिनिधिमा ६ जनाको लागि भएको निर्वाचनमा मेयर खनाल ३३ मत ल्याएर ७ औँ भएका हुन् ।
स्थगित भएका जिल्लाहरुको वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधि छनोटमा संस्थापन पक्षले प्यानल नै आफ्नो पक्षमा पारेको छ । संस्थापन पक्षका बारा जिल्ला संगठन विभाग प्रमुख शम्भु बुढाथोकीको प्यानलले वडा सभापति पनि भारी मतले जितेको छ ।

उनका प्यानलबाट सागर लामाले ४० मत ल्याएर वडासभापति जित्दा मेयर सुरेश खनाल पक्षका उम्मेदवार विरेन्द्र श्रेष्ठले २१ मत पाएका थिए ।
उसो त मेयर खनाल कांग्रेस र माओवादी गठबन्धन भएर चुनाव जितेका थिए । क्षेत्रीय प्रतिनिधिमा शम्भु बुढाथोकीले सर्वाधिक ४३ मत ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया