कांग्रेस संसदीय दलका तीन निर्णय यस्ता छन्

काठमाडौं– कांग्रेस संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसेको छ ।
बुधबार बसेको उक्त बैठकमा  मुख्य सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल गौतम, दिलेन्द्र प्रसाद वडू, राधेश्याम अधिकारी, डा. मिनेन्द्र रिजाल, गगन कुमार थापा, रामबहादुर विष्ट,  सञ्जयकुमार गौतम, प्रमिला राई, भरत कुमार शाह, अतहर कमाल मुसलमान र  जीप छिरिङ लामाले आ–आफ्नो राखेका थिए ।

संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले यी तीन निर्ण पनि गरेको छ ।
 
 –    मिति २०७५।०२।०१ गते सम्पन्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति निर्वाचनमा नवनिर्वाचित सदस्यहरुलाई बधाईका साथै कार्यकालको सफलताका लागि शुभकामना र सफलतापूर्वक निर्वाचन सम्पन्न गराउने नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिलाई यो बैठक धन्यवाद व्यक्त ,
–    सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा बजेटको सन्दर्भमा संसदीय दलले विषयगत समिति गठन गरी नेपाली कांग्रेसको ठोस धारण राख्ने ,  
–   प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको नियमावली संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहमतीबाट निर्माण गर्नुपर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?