काठमाडौं । सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत पक्षको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई रोक लगाइएको हो ।
प्रहरीले माथिको आदेश भन्दै समाचार संकलनका लागि पुगेका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई रोक लगाइएको जनाएको छ ।
यसअघि पनि सञ्चारकर्मीहरुलाई सर्वोच्च प्रवेशमा रोक लगाइएको थियो । तर सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विज्ञप्ति जारी गर्ने बेलामा भने सञ्चारकर्मीहरुलाई बोलाइएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्चमा निरन्तर आन्दोलन भइरहेको छ । न्यायालय सुधारको मागसहित गत कार्तिक १४ गतेबाट नेपाल बारको अगुवाईमा निरन्तर आन्दोलन भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया