३ भाद्र २०७९, शुक्रवार

ठूलो परिमाणमा लागुऔषधसहित पाँच पक्राउ

२०७४,आश्विन,२४,मंगलवार १२:५६

0
Shares

 काठमाडौँ, २४ असोज।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ ।दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ परेका हुन ।ब्यूरोले आज पत्रकारसम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए । उक्त अनुसन्धानको कमाण्ड प्रहरी निरिक्षक अनिल ठकुरीले सम्हालेका थिए ।यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ ख ८७९ नंको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुईवटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिराहा । सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको विशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

राज्यको सुरक्षाप्रदायक संगठन हो– नेपाल प्रहरी । अपराध नियन्त्रण तथा रोकथाम, कानून कार्यान्वयन, सार्वजनिक सुव्यवस्था कायम गर्नेदेखि जनता र सम्पत्तिको

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१
दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने
 २०७९,भाद्र,३,शुक्रवार १४:१७