त्रिभुवन विमानस्थल स्थगित, कारण यस्तो

काठमाडौं । त्रिभुवन विमानस्थल बन्द भएको छ । सवा तीन बजेदेखि विमानस्थलमा कुनै पनि विमानले उडान भरेका छैनन् भने अवतरण पनि गरेका छैनन् ।

जानकारीका अनुसार रन–वेको पिच उप्किँदा विमानस्थल बन्द भएको हो । रन वेको सी र डीको बीच भागमा उप्किएको पिचले गर्दा ठूला तथा साना विमान प्रभावित भएका छन् ।

केही समयअघि मात्र एयर बंगालाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?