टी-ट्वान्टी सिरिज : नेपाल भर्सेज कतार

लोकपथ
455
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मंगलबार कतारसँग टी-ट्वान्टी सिरिज खेल्दै छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।

सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्। विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?