मारिनोको पोस्टमा इंग्ल्यान्डले वर्षायो १० गोल, विश्वकपमा छनोट

लोकपथ
793
Shares

काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डको जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे ।

यस्तै ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक एक गोल गरे ।

सान मारिनोका फिलिप्पो फाब्रीले एक आत्मघाती गोल गरेका थिए ।

यस जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोड्यो ।

सान मारिनोले १० खेलमा अंक जोड्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?