५ आश्विन २०७८, मंगलवार

ठूलो परिमाणमा लागुऔषधसहित पाँच पक्राउ

२०७४,आश्विन,२४,मंगलवार १२:४९


काठमाडौँ, २४ असोज।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ ।दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ परेका हुन ।ब्यूरोले आज पत्रकारसम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ ख ८७९ नंको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुईवटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८