दुई करोड ६० लाख नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले एक–एक हजारको दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित छजनालाई पक्राउ गरेको छ । 

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र काठमाडौंको कमलपोखरी, नयाँ बसपार्क, गंगोबु र ललितपुर लगायतका स्थानबाट पक्राउ गरेको हो । 

उनीहरुलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय प्रहरी प्रभाग टेकुले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?