गर्भवतीलाई उपयोगी हाते पुस्तकः आमा

लोकपथ
624
Shares

विवाह पछि प्रत्येक दम्पतीको योजना कहिले शिशु जन्माउने भन्ने कुरा प्रमुख रूपमा हुन्छ । विवाहित महिलालाई आमा बन्नु गर्वको विषय हो । यो कामलाई सामान्य रूपमा लिनु पनि हुँदैन भने जटिल होला भनेर सोच्नु पनि हुँदैन । स्वस्थे शिशु जन्माउन दम्पतीले केही तयारीका साथ सावधानीहरू अपनाउने हो भने यसलाई सजिलो प्रक्रिया पनि मानिन्छ ।

गर्भवतीको तयारी देखि गर्भवती भएको अवस्थामा धेरै महिलालाई के के गर्नु पर्छ भन्ने कुराको जानकारी नहुन सक्छ । अझ पहिलो पटक गर्भवती भएको महिलालाई धेरै कुरा थाहा पनि हुँदैन । गर्भवती भएपछि परीक्षण कहिले कहिले गर्ने ?, कुन कुन औषधि खाने ? गर्भवती भएको समयमा अरू कुन कुन परीक्षण गर्नुपर्छ ? भन्ने हुन्छ ।

गर्भवती भएपछि सुत्केरी कसरी हुने ? जन्मिएको शिशुको स्याहार सुसार कसरी गर्ने ? सुत्केरीको स्याहार कसरी गर्ने ? शिशु बिमारी भएमा के गर्ने ? शिशुलाई कुन समयमा कुन–कुन खोप दिने ? भन्ने विषयमा धेरै नयाँ आमाहरूमा द्विभिदा हुन्छ ।

गर्भवती हुने योजना देखि गर्भवती भएको अवस्था, शिशु जन्मिएपछि देखि अर्को सन्तानको योजनासम्मका विभिन्न जानकारीहरूलाई स्पष्ट रूपमा समेटेर ‘आमा’ स्वास्थ्य शिक्षा पुस्तिका बजारमा आएको छ । मोरङ सहकारी अस्पतालमा लामो समय देखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रूपमा कार्यरत डा. बालकृष्ण साहले उक्त पुस्तक लेख्नु भएको हो । आफ्नो चिकित्सकीय पेसामा महिलाहरूले सामना गरेका विभिन्न जिज्ञासाहरूलाई समेटेर यो पुस्तक मार्फत डा. साहले विस्तृत जानकारी दिएका छन् ।

डा. साहले यो पुस्तक आफ्नो चिकित्सकीय परीक्षणमा आउन नसकेका तमाम नव गर्भवती महिलालाई उपयोगी हुने ठान्छन् । यो पुस्तकको अध्ययनले केही हदसम्म नेपालमा भइरहेको मातृ मृत्युदरमा समेत कमी ल्याउन सकिने आशा डा. साहको छ । ७५ रुपैंया पर्ने यो पुस्तकलाई गर्भवती महिलालाई उपहारको रूपमा दिन सकेमा उनीहरूले यसको अध्ययन गरेर व्यवहारमा प्रयोग गरेर भोलि समाजका लागि स्वस्थ व्यक्ति जन्माउन सक्नेमा डा. साह केही हदसम्म विश्वस्त पनि देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?