आज दिनभरको मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
104
Shares

१. आन्दोलनरत नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरूलाई वार्तामा आउन प्रधानन्यायाधीश जबराको आह्वान, आफूहरूले राजीनामा माग गरेको भन्दै वार्तामा नआउने बारको अडान ।

२. एमालेमा अन्तरपार्टी संघर्ष गर्नसक्ने अवस्था नै नभएकाले आफूहरूले विद्रोह गरेर अघि बढेको नेकपा एसका अध्यक्ष नेपालको भनाइ, कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउन पनि विद्रोह अनिवार्य रहेको टिप्पणी ।

३. ऊर्जामन्त्री भुसालले गरिन् बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास, सम्पदाले देशको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने भनाइ ।

४. पार्टी कार्यालय हुँदाहुँदै प्रधानमन्त्री देउवाको घरमा केन्द्रीय समिति बैठक बसेको प्रति कांग्रेस नेता सिंहको असन्तुष्टि, डँडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी ।

५. आज हरिबोधिनी अर्थात् ठूली एकादशी, विष्णु भगवानको पूजा आरधनासहित तुलसी विवाह गरी मनाइयो ।

६. हाइकोर्टका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको माग, राजीनामा नदिए भोलिको अवस्था कल्पना गर्न नसक्ने चेतावनी
७. ओखलढुंगाबाट ककनी मन्दिर जाँदै गरेको बोलेरो जीप दुर्घटना, दुर्घटनामा परी ४ जनाको मृत्यु, १२ जना घाइते ।

८. नेपाली कांग्रेसका नेताहरू पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेको नेता गगनकुमार थापाको आरोप, आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा आफू विश्वस्त भएको जिकिर ।

९. सवारी चालक अनुमतिपत्र लाइसेन्सको लागि तीन सातामै ४ लाखले दिए आवेदन, एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या भएको यातायात व्यवस्था कार्यालयलको भनाइ ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४ सय २ परीक्षणमा थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७० जना कोरोना संक्रमणमुक्त १ जनाको मृत्यु ।

११. सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढ्दा ४ अर्ब ७३ करोडको कारोबार ।

१२. सोमालियामा खाद्य संंकटका कारण १७ लाखभन्दा बढी मानिस प्रभावित, सहयोगका लागि विदेशी दातृसंस्थाहरूसँग आग्रह ।

१३. दक्षिण–पश्चिम मालीमा भएको आतंकवादी हमलामा चार सैनिकको मृत्यु, एक दर्जनभन्दा बढी घाइते, ६ जना आक्रमणकारी मारिए ।

१४. आईसीसीले गर्यो टी–ट्वान्टी विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, उत्कृष्ट कप्तानमा पाकिस्तानका बाबर आजम ।

१५. र, नेपाल क्रिकेट संघ क्यानले माग्यो ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण, खेलाडीबाट जवाफ आएपछि अन्य काम कारबाही अघि बढाइने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?