कोरोना अपडेट : सोमबार ४१६ जना संक्रमित थपिए, १ जनाको मृत्यु

लोकपथ
221
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १२ हजार ४०२ जनाको परीक्षणमा४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।

नेपालमा कोरोनासंक्रमण मुक्त हुनको दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?