सेयर बजारमा हरियाली, विकास बैंक र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

लोकपथ
156
Shares

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज (सोमबार) भने हरियाली छाएको छ । आज सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ भने १३ वटै सूचकमा हरियाली छाएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ बिन्दुमा पुगेको छ । आज नेप्से ०.९८ प्रतिशतले बढेको हो ।

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.१० अंकले बढेर ५०६.५४ बिन्दुमा पुगेको छ ।

आज २२८ वटा कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहमा हरियाली छाएको छ । आज विकास बैंक र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको छ ।

आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?