१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
377
Shares

काठमाडौं । उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख आठबिसे नगरपालिका-२ सिगौदी घर भएका २३ वर्षीय गोपाल बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका-११ मा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?