अनलाइनमार्फत १९ लाख ठगी गर्ने एक जना पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । अनलाइनमार्फत ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ वतन भएका २३ वर्षीय विकाश गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकाशले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान र पार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भनी झुट्टा बहाना बनाई करबापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबाट उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?