१६ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

लोकपथ
301
Shares

काठमाडौं । हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् ।

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?