१८ फेब्रुअरीमा आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावान्डी’ रिलिज हुने

लोकपथ
273
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टको सञ्जय लीला भन्साली निर्देशित चलचित्र ‘गंगुबाई काठियावान्डी’को प्रतीक्षाको समय सकिएको छ । चलचित्रको नयाँ रिलिज मिति सार्वजनिक भएको छ ।

आलिया भट्टको यो फिल्म अब १८ फेब्रुअरी २०२२ मा रिलिज हुनेछ । ‘गंगुबाई काठियावान्डी’ र ‘आरआरआर’बीचको विवादपछि फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ ।

सञ्जय लीला भन्सालीद्वारा निर्देशित यो चलचित्र लामो समयदेखि चर्चामा रहेको छ । टोलीले मुम्बईको फिल्म सिटी (गोरेगाउँ)मा बाँकी छायांकन पूरा गरेको छ । फिल्म निर्देशक सञ्जय लीला भन्साली, आलिया भट्ट र फिल्मका अन्य स्टारकास्टलाई कोरोना संक्रमणका कारण फिल्मको छायांकन पूरा गर्न समय लागेको थियो ।

यो फिल्ममा आलिया भट्टले गंगुबाईको भूमिका निभाएकी छिन् । आलियाले चलचित्रमा सशक्त भूमिका निर्वाह गरे पनि उनी पहिलो पटक डनको भूमिकामा देखिँदै छिन् । यद्यपि फिल्म रिलिज हुनुअघि नै विवादमा परेको थियो । मानहानि मुद्दामा मुम्बईको अदालतले भन्साली, फिल्मकी नायिका आलिया भट्ट र लेखिकालाई बोलाएको थियो ।

‘आरआरआर’ में आलिया भट्ट

आलियाको वर्कफ्रन्टको कुरा गर्दा ‘गंगुबाई काठियावान्डी’ बाहेक उनी फिल्म ‘आरआरआर’ मा देखिँदै छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो पहिलो लुक पनि सेयर गरेकी छिन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् । यसबाहेक उनी रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’मा देखिने छिन् । रणवीर र आलियालाई पहिलो पटक पर्दामा सँगै देख्न दर्शक निकै उत्साहित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?