काठमाडौं । ललितपुरको धापाखेलबाट एकहजारको ४ सय ५० थान नक्कली नोट सहित बुधवार दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सिन्धुली झाडीका २४ वर्षीय सुदिप तामाङ र ललितपुर बागमती आश्राङका १९ वर्षीय साजन भुलान छन् ।
धापाखेलस्थित कल्याण लामाको टहरोमा बस्दै आएका यी दुईजनाले ग्रामीण बस्तीका सामान्य ब्यापारीलाई झुक्याउन हजार रुपियाँको नोटको रंगीन फोटो कपि गरी कारोवार गर्ने गरेको पाइएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुको साथबाट ४ लाख ५० हजार मूल्यको एकहजारको नक्कली नोटहरु बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया