मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटना

काठमाडौं । सुर्खेतबाट कार्गो बोकेर हुम्लाका लागि उडेको मकालु एयरलायन्सको कार्गो विमान हुम्ला खार्पुनाथ गाँउपालिकाको बाहुन गाँउमा दुर्घटना भएको अवस्थामा फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, विमान तीन टुक्रा भएको अवस्थामा फेला परेको हो । विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उनले बताए ।  

बुधबार बिहान साडे छ वजे हुम्लाका लागि उडेको विमान ६.४० वजे सम्पर्क विहिन भएको थियो । 

कार्गो विमान सम्पर्क विहिन भएपछि उद्धारका लागि सुर्खेतबाट विभिन्न कम्पनीको हेलिकप्टर परिचालन गरिएको थियो । माउण्टेन एयरको हेलिकप्टरले ले दुर्घटनास्थल पत्ता लगाइ उद्धारका लागि हुम्ला विमानस्थलसंग सम्पर्क गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?